www.tandavnews.com
Fact ~ In search of truth

दक्षिण कोरियामा पहिलोपटक बिरालोमा कोरोना पुष्टि

कोरिया ।

दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो ।

पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत संक्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ । त्यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ ।

Batas

कोरिया सरकारले कोभिड–१९ विरुद्ध खोपको तयारी गरिरहेको भए पनि अझै वितरण भएको छैन । सावर्जनिक स्थानमा चार जनाभन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी पालना गर्नुपर्ने र ‘नो मास्क नो राइड’ नियमलाई कडाइ गरे पनि संक्रमण फैलिन भने रोकिएको छैन ।

यसअघि युके, हङकङ,चीन, इजरायल लगायतका देशमा घरपालुवा तथा जंगली जनावरमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.