www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप लगाउन सुरु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पनि आजदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपती डा. बुद्धि बहादुर थापाले पहिलो खोप लगाएर शुभारम्भ गरिएको हो ।कार्यक्रम अन्तर्गत आज सबै ११ जिल्लामा कोभिड खोप लगाउने तयारी गरिएको छ । पहिलो चरणमा १७ हजार ३९६ जनालाई खोप दिइनेछ ।

Batas

पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको संक्रामक तथा सरुवा रोग अस्पतालमा खोप लगाउने व्यवस्था मिलाईएको छ ।

म्याग्दी, मनाङ, मुस्ताङ, पर्वत र बागलुङ, गोरखा, लमजङ, स्याङजा, र तनहुँ, नवलपरासी पूर्वमा पनि जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.