www.tandavnews.com
Fact ~ In search of truth

‘वी क्यान डू, हेल्पिङ ह्यान्ड’को चौथोँ वार्षिकोत्सवः कल्याणी बाल गृहलाई सहयोग

पोखरा ।

वी क्यान डूः हेल्पिङ ह्यान्ड संस्थाले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले पोखरा १९ लामाचौरमा रहेको कल्याणी बाल गृहमा भोजन खुवाउनुको साथै स्टेसनरी सामाग्री, स्कुल ड्रेस लगाएतका सामाग्री वितरण गरेको छ ।

सुवास पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक अभियान्ता लक्ष्मी पाण्डेको आतिथ्यता रहेको थियो भने अतिथीहरु प्रार्चाय केशव अमगाइ र कुमारी भवानी को उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले वर्तमान अवस्थामा युवाहरुले गरेको काम निकै प्रशंशनीय भएको बताईन् । उनले संस्थालाइ आफुले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Batas

संस्थाका पूर्वअध्यक्ष सोमनाथ अधिकारी र संस्थापक इन्दु शर्मा लगाएतले कार्यक्रममा आफ्ना भनाई राखेका थिए। अध्यक्ष सुवास पौडेलले आगामी दिनमा संस्थालाई व्यवस्थित गरि संस्थामा भावी योजना बनाइ अगाडी बढ्ने बताए।

एलिशा आर्चाय र गोविन्द परियारको संयोजकत्वमा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष सुजन बास्ताकोटीले सञ्चालन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.