www.tandavnews.com
Fact ~ In search of truth

मोबाइल सेवाको गुणस्तर अनुगमन गर्दै दूरसञ्चार

काठमाडौँ,
ताण्डव न्यूज ।

मोबाइल सेवाको गुणस्तरका विषयमा धेरै गुनासो आउन थालेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुगमन योजना अगाडि बढाएको छ।

देशका मुख्य सहर, ग्रामीण र हाइवे क्षेत्रका उपभोक्ताले कस्तो मोबाइल भ्वाइस र डाटा प्रयोग गरिरहेका छन् भनेर प्राधिकरणले तीनवटा प्रदेशको ३ हजार किलोमिटर क्षेत्रमा मोबाइल सेवाको गुणस्तर परीक्षण गर्न लागेको हो।

Batas

उपभोक्ताले प्राधिकरणले तोकेअनुसारको भ्वाइस र डाटा सेवा प्राप्त गर्न सकेका छन् कि छैनन् भनेर सेवा गुणस्तर जाँच गर्न लागिएको प्राधिकरणले जनाएको छ।यसअनुसार हाल सञ्चालनमा रहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवाको गुणस्तर परीक्षण गरिनेछ।

सेवा गुणस्तर परीक्षणको लागि तीनवटा प्रदेशमा ३ हजार किलोमिटर क्षेत्र छानिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।परीक्षणको लागि प्रदेश १, २ र गण्डकीका ९ वटा सहर र त्यसवरिपरिका क्षेत्रहरु छनोट गरिएको छ।

जसअनुसार प्रदेश १ मा विराटनगर, बिर्तामोड र इलाममा एक हजार ५० किलोमिटर क्षेत्र परीक्षण गरिनेछ।त्यस्तै, प्रदेश २ मा जनकपुर, धरान र वीरगन्जको एक हजार किलोमिटर क्षेत्रफलमा र गण्डकी प्रदेशको गोरखा, दमौली र कास्कीको ९ सय ५० किलोमिटर क्षेत्रफलमा यस्तो परीक्षण गर्न लागिएको हो।३ हजार किलोमिटर क्षेत्र छनोट गर्दा यससँग जोडिएका सहरी, गाउँ, हाइवेलाई मिलाइएको अर्यालले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.