www.tandavnews.com
Fact ~ In search of truth

बढ्दैँ भ्रष्टाचार, सुशासन सूचकांकमा ४ स्थान तल झर्‍यो नेपाल

काठमाडौँ ।

नेपाल सुशासनको सूचकांकमा यस वर्ष फेरि तल झरेको छ । नेपाल गत वर्षभन्दा पनि ४ स्थान तल झरेको एक तथ्यांकले देखाएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको हो ।

Batas

गत वर्ष नेपाल ३४ अंकसहित ११३ औं स्थानमा थियो । यो वर्ष ३३ अंक पाउदा अरु ४ मुलुकले उछिनेर नेपाल ११७औं स्थानमा पुगेको हो । ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका महासचिव मुकुन्दबहादुर प्रधानका अनुसार वर्ल्ड जस्टिस प्रोजेक्ट नामक संस्थाले गर्ने सर्वेक्षणमा नेपालको स्कोर कम आएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकअनुसार न्युजिल्यान्ड ८८ अंकसहित सुशासन कायम राख्ने मुलुकहरुमध्ये पहिलो स्थानमा रहन सफल भएको छ । त्यस्तै डेनमार्क पनि ८८ अंकसहित सीपीआईको ऱ्याङ्किङमा पहिलो स्थानमै रहेको छ ।

दक्षिण एसियाली मुलुक भारत भने ४० अंकसहित ८६औं स्थानमा रहेको छ । यो संस्थाले राज्यका प्रमुख अंगहरुमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगबारे सर्वेक्षण गर्छ ।

दक्षिण एशियाको स्थिति

  • भुटान – २४ औँ स्थान
  • माल्दिभ्स – ७५ औँ स्थान
  • भारत – ८६ औँ स्थान
  • श्रीलङ्का – ९४ औँ स्थान
  • नेपाल – ११७ औँ स्थान
  • पाकिस्तान- १२४ औँ स्थान
  • बाङ्ग्लादेश – १४६ औँ स्थान
  • अफगानिस्तान- १६५ औँ स्थान

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.