www.tandavnews.com
Fact ~ In search of truth

क्यानडा पठाइदिने भन्दै ९० लाख ठग्ने पर्वतका धिरजकुमार पक्राउ

संजय रेग्मी,
पर्वत ।

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न देशहरूमा पठाइदिने नाममा ठगी गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–७ घर भई कास्कीको पोखरा महानगरपालिका–३० शिसुवामा बस्दै आएका ३८ वर्षिय धिरजकुमार विश्वकर्मा रहेका छन् ।

Batas

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार अभियुक्तले विगत लामो समय देखी विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरूमा धेरै मानिसहरू रोजगारको लागि पठाइसकेको भनी उनले ठगेको भन्ने उजुरीको आधारमा माघ १३ गते मङ्गलवार पोखरा महानगरपालिका–१० रामबजारबाट पक्राउ गरिएको हो ।

प्रहरीले हालसम्म फेला पारेको तथ्यांक अनुसार विश्वकर्माले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायतका जिल्लाका ३३ जना व्यक्तिहरूलाई क्यानडा पठाइदिने भनी ठगी गर्ने नियतले उनीहरूबाट ९० लाख ७१ हजार ५ सय रुपैयाँ लिएको पाइएको छ । ठगीमा परेका व्यक्तिहरूले आफूहरू ती व्यक्तिबाट ठगिएको भनी किटानी जाहेरी दिएपछि सोही आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

विदेश जान तयार भएकाहरुलाई विश्वासमा पार्नको लागि विभिन्न सहकारी संस्था र विकास बैङ्कहरूको चेक समेत दिएको पाइएको पनि डिएसपी हमालले बताए । पक्राउ परेका विश्वकर्मालाई ठगी सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याथ थप गरी अनुसन्धान भइरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.