www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीको दावीः’देशलाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा छौँ’

काठमाडौँ,
ताण्डव न्यूज ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छिन् ।

शहिद दिवसको अवसरमा शुभकामना दिँदै शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताईन् ।

Batas

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शहीदको बलिदानको प्रतिफलको रुपमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा सहिदको आत्म बलिदान मार्फत सामाजिक न्याय, कानुनी शासन र जनाधिकार सहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण गरेका छन् ।

नागरिकलाई अधिकार सम्पन्न बनाएर शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको भन्दै उनले शहीदको बलिदानीपूर्ण संर्घषको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी सबै नागरिकलाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको बताए ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर सहिदको सपना विपनामा रुपान्तरणका लागि संकल्प गर्न आह्वान गरेका छन् । दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.