www.tandavnews.com
Fact ~ In search of truth

धनुषामा एक मदिरा उद्योगीको हत्या

धनुषा,

ताण्डव न्यूज ।

धनुषाको महेन्द्रनगरमा एक मदिरा उद्योगीको हत्या भएको छ ।

Batas

क्षिरेश्वरनाथ नगरपालिका ७ सखुवा महेन्द्रनगरमा सञ्चालित क्षिरेश्वरनाथ डिस्टिलरी इन्डस्ट्रिजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको बिहिबार साँझ हत्या भएको अवस्थामा शव फेला परेको हो । उनको शव उद्योगको क्वाटरमा रक्ताम्य अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

उनको हत्या भएको प्रहरीको आशंका भएपनि पुष्टि भइसकेको छैन । प्रहरीले चार जनालाई शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेकाहरूकै घटनामा संलग्नता रहेको भनेर पुष्टि हुन सकेका छैन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.