www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री कपको फाइनल शनिबार,उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

काठमाडौं ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन् ।

बिहीबार कीर्तिपुर खेल मैदानमा आर्मीले वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनायो ।

Batas

आर्मीले पाँच रन छँदा दुई विकेट गुमाएको थियो । हरि चौहान तीन रनमा तथा रोहितकुमार पौडेल बिनारन पेभेलियन फर्किए । अनिल मण्डल पनि दुई रनमा पेभेलियन फर्किए । आर्मीले १७ रनमा तीन विकेट गुमाएको थियो ।

चौथो विकेटका लागि भीम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे । बमले २३ तथा सार्कीले ४० रन बनाए । कप्तान विनोद भण्डारीले १०, राजेश पुलामीले ६५, विक्रम शोबले ३५ तथा सुसन भारीले १६ रनको योगदान दिनुभयो । बलिङतर्फ वाग्मतीका गौतम केसी एक्लैले पाँच विकेट लिए ।

दुई सय ३० रनको विजयी लक्ष्य पछ्याएको वाग्मतीले ४० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । वाग्मतीले १८ रन बनाउँदा पाँच विकेट गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यले ५८ रनको साझेदारी निभाए।

आचार्यले २३ तथा मल्लले ४७ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले चार तथा विक्रम शोब र सुसन भारीले तीन–तीन विकेट लिए । आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उपाधि विजेताले १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.