पोखरा,
ताण्डव न्यूज ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय आकांक्षा पुरा गर्न सकेमात्र सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
सहिद दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
गुरुङले विज्ञप्तिमार्फत भनेका छन् ,‘स्वतन्त्रताका लागि सहादत प्राप्त गर्ने सहिदको बलिदानी र त्यागबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाँक्षा पुरा गर्न सक्दामात्र महान सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

जहाँनिया राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त प्राप्तिका लागि आफ्नो जीवनलाई सहजै आहुति दिने चार महान सहिद सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहने गुरुङले विज्ञप्तिमार्फत बताएका छन् ।
गुरुङले सहिदहरुको बलिदानको सम्मान गर्दै उनीहरुको सपना साकार पार्न र उनीहरुले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रत्यनशील रहेको र रहिरहने प्रतिवद्धता समेत जनाएका छन।
मुख्यमन्त्री गुरुङले यसै अवसरमा देश विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजूभाईहरुमा सुखशान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.