काठमाडौं,
ताण्डव न्यूज ।
जनताबाट अनुमोदन हुन नसकिने डरकै कारण नेकपा दाहाल–नेपाल समूह निर्वाचनसँग डराएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
काठमाडौं महानगर कमिटीले आज आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूह हार निश्चित हुने भएकाले निर्वाचनसँग डराएको बताए ।

ओलीले भने, ‘उनीहरु निर्वाचनसँग तर्सिएका छन् । चुनावबाट भागेका छन् । अहिले भागेर के गर्ने ? डेढ वर्षपछि त जनताको बिचमा जानैपर्ला ।’ ओलीले दाहाल–नेपाल समूह निकै अप्ठेरोमा परेको दाबी गरे । उनले भने, ‘चुनावमा नजाऔँ भने लोकतन्त्र भन्ने ठाउँ रहँदैन । जाऔँ भने सबै सिङ फुक्लिएको छ । बाँकी रहेको सिङ पनि निर्वाचनमा भाँचिन्छ ।’ ओलीले देशलाई सांसद किनबेचको थलो बनाउन खोज्नेलाई जनताले सजाय दिने बताए ।
त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताए । उनले भने, ‘माघ २३ गते पहिलो चरण जनप्रदर्शन काठमाडौंबाट थाल्दै छौँ । दुई चार लाख भेला गरेर देखाइदिएपछि उनीहरुले थाहा पाउनेछन्, शक्ति प्रदर्शन के हो ? शक्ति प्रदर्शनको झल्को देखाउनुपरेको छ ।’ उनले सो प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक, पत्रकारलगायतलाई अनुरोध समेत गरेका छन् ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.