पोखरा,
ताण्डव न्यूज ।
पोखरामा लागू औषधसहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष २९ का दिपक थापा र पोखरा २१ घर भई हाल छोरेपाटनमै बस्दै आएका वर्ष २७ का सन्तोष सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

तनहुँबाट पोखरा तर्फ आउँदै गरेको ग १७ प ५५८४ नम्बरको स्कुटरमा आईरहेका उनीहरु लागूऔषसहित गगनगौँडाबाट पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट डाईजापाम ३७ एम्पुल, फेनरागन ३७ एम्पुल,नुफ्रिनुर ३७ एम्पुल गरी जम्मा १११ एम्पुल लागूऔषध , दुई वटा मोबाइल र ९ हजार ३१० नगद बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि लागूऔषध सम्बन्धी कसुर अन्तरगत अुनसन्धान अगाडी बढाईएको प्रहरीले बताएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.