www.tandavnews.com
Fact ~ In search of truth

३१ हजार ९६५ जनाले बुझे कोरोना बिमा वापतको भुक्तानी

काठमाडौँ,
ताण्डव न्यूज ।

नेपालमा कोरोना बीमा गर्नेको संख्या १७ लाख नाघेको छ ।बिमा समितिको तथ्यांक अनुसार हालसम्म कोरोना बीमालेख खरिद गर्नेको संख्या १७ लाख १३ हजार पुगेको छ ।

कोरोना बिमा गर्ने मध्ये ३१ हजार ९६५ जनाले भने भुक्तानी रकम बुझेका छन् । कोरोना बीमा गर्ने ३१ हजार ९६५ जना बीमितलाई ३ अर्ब ११ करोड २२ लाख रुपैयाँ भुक्तानी भएको छ । साथै २८ हजार ६१९ जना बिमितले कोरोना बीमाको भुक्तानी पाउन बाँकी रहेको छ ।

Batas

जसमध्ये ५ हजार २३७ दावीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेका छन् । ३ हजार ७९ वटा फाइल आवश्यक कागजात नपुगेर सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । ५ हजार ३२८ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार १० हजार ९३ वटा दाबी स्वीकृत हुन बाँकी रहेको छ भने १ सय २१ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् । ९ हजार ८६३ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।

कोरोना बीमा गरेका बीमितमध्ये ६० हजार भन्दा बढीलाई कारोना पोजेटिभ देखिएको छ । कोरोना बीमा गर्ने ६० हजार ५८४ जनाको रिपोर्ट पोजेटिभ देखिएको समितिले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.