www.tandavnews.com
Fact ~ In search of truth

आहा ! रारा गोल्डकप चैत १७ गतेदेखि

पोखरा
ताण्डव न्यूज ।

मोफसलकै प्रतिष्ठित अन्र्तराष्ट्रिय स्तरको आहा रारा गोल्डकपको फुटबल प्रतियोगिताको उन्नाईसौँ संस्करण आउँदो चैत १७ गतेदेखि हुने भएको छ । कोरोना महामारीका कारण सुस्ताएको खेल क्षेत्रलाई माथि उकास्नका निमित्त यस वर्षपनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको आयोजक साहारा क्लबले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा विदेशी टिमहरु सहित नेपालका ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक साहारा क्लबको सहभागिता रहने क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए ।

Batas

कोरोना महामारीका कारण पोखरा रंगशालाको कूल दर्शक क्षमताको आधा दर्शक रहनेगरी प्रतियोगिता गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

प्रतियोगिताका लागि करिब १ करोड १ लाख ८१ हजार खर्च हुने आयोजकको अनुमान छ । क्लबले प्रतियोगिताबाट १ करोड ३० लाख अनुमानित आम्दानी गर्ने अनुमान गरिएको छ । प्रतियोगिताको बचत रकमबाट क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरिरहेको साहारा फुटबल एकेडेमीका लागि खर्च गरिने महासचिव अधिकारीले जानकारी दिए ।

उक्त एकेडेमीमा हाल तेश्रो ब्याचका रुपमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित रहेका छन । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश गुरुङले पोखरा रंगशाला निर्माण पूरा भएर छिटैनै पूर्णरुपमा सञ्चालनमा आउने बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.