www.tandavnews.com
Fact ~ In search of truth

श्रमिक महिलाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान

पोखरा ।

मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुलाई खाध्यान्न तथा स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्रदान गरिएको छ । कोभिडको अवस्थाबाट रोजगार तथा व्यवसायमा परेको धक्का पश्चात प्रभावित मनोरन्जनका क्षेत्रमा कार्यरत १५ जना सेवाग्राहीलाई  सहयोग प्रदान गरिएको हो ।

शक्ति समूह तथा ओ.यू.आर.को आर्थिक सहयोगमा आर्थिकरुपमा कमजोर भएका महिलाहरुलाई सहयाेग प्रदान गरिएको शक्ति समूहका परियोजना संयोजक सरिता पौडेलले बताईन् ।

Batas

पोखरा महानगरपालिका वडा नं ५ का अध्यक्ष धनबहादर नेपालीले यस क्षेत्रलाई व्यवस्थित बनाउन काम गर्ने श्रमिक, स्थानिय तह, जनप्रतिनिधि,विभिन्न आमा समूहका पदाधिकारी , शक्ति समूहजस्ता संस्थाहरु र स्वयम रोजगारदाता मिल्नुपर्ने बताए ।

कार्यक्रममा उपस्थित पोखरा महानगरपालिका वडा नं ५ स्थित गहन टोल महिला समुहका अध्यक्ष श्री बिमला मुल्मी ले यस संस्थाले राम्रो काम गर्दै आईरहेको र अबको दिनमा आमा समहसँग पनि सहकार्यमा काम गर्दा अझ सहज हने बताईन ।

शक्ति समूह विगत लामो समय देखि मानव वेचविखन प्रभावित तथा मनोरन्जनका क्षेत्रमा कार्यरत श्रमिकहरुको अधिकारको लागि काम गर्दै आईरहेको गैह्र सरकारी संस्था हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.