www.tandavnews.com
Fact ~ In search of truth

गोरखा मिलन समाजको अध्यक्षमा कपिल पोखरेल

पोखरा ।

गोरखा मिलन समाज पोखराको अध्यक्षमा कपिल पोखरेल निर्वाचित भएका छन् ।

शनिवार भएको २१ औं साधारणसभा तथा ११ औं अधिवेसनबाट पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति छानिएको हो । समितिको उपाध्यक्षमा कोपिला श्रेष्ठ, महासचिवमा अग्रिम श्रेष्ठ, सचिवमा सन्तबहादुर लामिछाने, कोषाध्यक्षमा शितल श्रेष्ठ र सहकोषाध्यक्षमा गीता खनाल चयन भए । सदस्यहरुमा शेरबहादुर राना, धिराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दिपक भण्डारी, पुनम गुरुङ श्रेष्ठ र अनुप पाण्डे चयन भए ।

Batas

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले समाजको गरिमा उचो बनाईराख्न स्वतन्त्र भएर सामाजिक काममा लाग्न आग्रह गरे । ‘यो सामाजिक संस्था हो । सबै जाति, भाषा, धर्म र लिङ्गका मान्छे यसमा अटाउँछन्,’ उनले भने, ‘जतिसक्दो समाजका लागि सेवा गरौं । अहिलेसम्म समाजले गरेको काम प्रशंसनीय छ ।’

सांसद हरिशरण आचार्यले समाजले गोरखा जिल्लाको प्रबद्र्धन र विकासका लागि पनि काम गर्नुपर्ने सुझाव दिए । ‘यहाँ बसेपनि हाम्रो जन्मथलो गोरखा हो । आफ्नो जन्मथलोका लागि केहि गरेर देखाउनुपर्छ,’ उनले भने, ‘गोरखाको पछौटेपन र गरिवी घटाउन गोरखा मिलन समाज पोखराले सहयोग गरोस् ।’ समाजले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ भने विभिन्न सामाजिक काममा अग्रणी भुमिकामा छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.