www.tandavnews.com
Fact ~ In search of truth

देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उद्घाटन भोलि

काठमाडौँ,
ताण्डव न्यूज ।

देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

भोलि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उद्घाटन गर्ने तयारी छ ।नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १सय ६० एमभीएका दुई र ३ सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ ।

Batas

यस्तै कूल ४००/२२० केभी क्षमताको सबस्टेशनमा ३ सय १५ एमभीए क्षमताका तीन वटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् ।मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको छ ।

सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब १०० मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ । अर्को वर्ष देखि नेपालले भारतबाट विद्युत किन्नु नपर्ने उर्जामन्त्री टोप बहादुर रायमाझीले बताए । यसवर्ष हिउँदमा थप एक सय मेगावाट विद्युत भारतबाट आउने छ ।

तर आगामी वर्ष देखि भारतबाट ल्याईने विद्युत एक सय देखि डेढ सय मेगावाटको हाराहारीमा हुने मन्त्री रायमाझीको भनाई छ । हाल भारतबाट ६ सय ५० मेगावाट विद्युुत आईरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.