www.tandavnews.com
Fact ~ In search of truth

चोर बाटो भएर अवैध कुखुरा ल्याउने दुई जना कुखुरा सहित पक्राउ

जनकपुरधाम,
ताण्डव न्यूज ।
भारतबाट चोर बाटो भएर नेपाल ल्याउँदै गरिएको अवैध बोइलर कुखुरा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्करीको सूचना पाए लगत्तै सीमा प्रहरी चौकी लग्मा, जटहीबाट प्रहरी नायव निरीक्षक मनु श्रेष्ठको कमाण्डमा खटिएको टोलीले नगराईन नगरपालिका ६ लहरनीयाबाट २ ओटा मोटरसाइलकल सहित ८७ वटा बोईलर कुखुरा बरामद गरेको हो ।

प्रहरीका अनुसार कुखुरा ढुवानीमा प्रयोग भएको ज १० प ८३३३ नम्वरको नेपाली प्लेट र वि आर ३२ एफ ९५२६ नम्वरको २ ओटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । तस्करीमा संलग्न नगराईन नगरपालिका–६ लग्मा बस्ने फर्मान साफी र भारतको मधुवनी ग्राम पञ्चायत हरलाखी–५ का २२ वर्षका भरत मण्डललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Batas

नियन्त्रणमा लिइएको कुखुरा पशु क्वारेन्टाइन कार्यालयमा जनकपुरधाममा पठाइएको प्रहरी नायव निरीक्षक मणु श्रेष्ठले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.