www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ३० लाख नाघ्यो

एजेन्सी,
ताण्डव न्यूज ।

विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० करोड ३० लाख नाघेको छ । र्वल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा थप ४ लाख ९० हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या १० करोड ३१ लाख ८ हजार ५ सय १० पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप १२ हजार ४ सय ६१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ लाख २७ हजार ७ सय ३८ पुगेको छ । संक्रमित र मृत्यु हुनेको ठूलो संख्या संयुक्त राज्य अमेरिकामा रहेको छ ।

Batas

अमेरिकामा २४ घन्टामा १ लाख ३७ हजार ५ सय १८ जना संक्रमित भएका छन् भने २ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । अमेरिकापछि मेक्सिकोमा १ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ भने बेलायतमा १हजार २ सय, ब्राजीलमा १हजार १ सय ९६ जनाको मृत्यु भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.