www.tandavnews.com
Fact ~ In search of truth

मत्थर भएन कोरोना : फ्रान्समा फेरि लकडाउन

एजेन्सी,
ताण्डव न्यूज।

विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसको संक्रमण मत्थर नभएपछि फ्रान्समा आजदेखि लागु हुने गरी पुन देशव्यापी लकडाउन गरिएको छ । फ्रान्सेली प्रधानमन्त्री जेन क्यास्ट्रेक्सले देशव्यापी लकडाउनको घोषणा गर्दै रातको समयमा कर्फ्यूलाई थप कडा बनाइने जानकारी दिए ।

लकडाउनपश्चात् अब युरोपेली संघ (इयू) बाहिरका नागरिक फ्रान्स प्रवेश गर्न पाउने छैनन् । यद्यपी अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, सिंगापुर, थाइल्याण्ड र रुवाण्डाका लागि भने यो नियम लागु नहुने बताइएको छ । इयूभित्रका नागरिकका लागि समेत यात्रापूर्व परीक्षणको कडा नियम तयार पारिएको बीबीसीले जनाएको छ ।

Batas

यो नियमसँगै फ्रान्स आवागमनमा प्रतिबन्ध नलागेका देशका नागरिकले अनिवार्य कोरोना नेगेटिभ भएको पीसीआर टेस्ट रिपोर्ट पेश गर्नुपर्नेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.