www.tandavnews.com
Fact ~ In search of truth

‘माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वर्ड च्याम्पियनसीप २०२१’को तयारी पूरा,

राष्ट्रिय विजेताले अमेरीकामा भाग लिन पाउने

पोखरा ।

‘माइक्रोसफ्ट अफिस स्पेशलिस्ट र्वल्ड च्याम्पियनसीप २०२१’ को आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बीसौँ माइक्रोसफ्ट अफिस स्पेशलिस्ट र्वल्ड च्याम्पियनसीप नेपालको लागि राष्ट्रिय पार्टनर दीपआईटी एण्ड एजुकेशनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटका पोखराका सञ्चालक दिनेश लामिछानेले पोखरामा पत्रकार संम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिएका हुन् ।

Batas

लामिछानेले प्रतियोगीताको रजिष्ट्रेशन नेपालभर चलिरहेको र जिल्ला स्तरको प्रतियोगीताको लागी सम्बन्धित जिल्ला पार्टनरहरुलाई आवश्यक व्यवस्थापन सम्बन्धित तालिम पनि दिइसकेको बताए ।

उनका अनुसार प्रतियोगीतामा कम्प्युटर बिषय लिएर पढेका र कम्प्युटरमा रुचि राख्ने विद्यार्थीलाई मात्र नभइ जुनसुकै विषयका विद्यार्थीले पनि यस प्रतियोगीतामा सहभागी हुन सक्नेछन् ।

विशेषगरी १३ वर्षदेखि २२ वर्ष उमेर समुहका विद्यार्थीले दीप आइटीका पार्टनर वा कार्यालयबाट आवेदन भर्न सक्नेछन् । प्रतियोगितामा सहभागीहरुले दुई हजार १ सय ७० रुपैया शुल्क बुझाउनुपर्नेछ । आवेदन दिनेहरुलाई ‘माइक्रोसफ्ट लर्निङ टिच’ सफ्टवेर प्रदान गरिनेछ ।

प्रतियोगीतामा सहभागी हुने प्रत्येक विद्यार्थीले एक लाख ५० हजार बराबरको लाभ लिन सक्ने उनको भनाइ छ । लामिछानेका अनुसार यो विश्वकै सुचना प्रविधीको क्षेत्रको ठुलो प्रतियोगिता हो, जसमा विश्वका १३५ भन्दा बढी राष्ट्रहरु सहभागी हुनेछन् । माईक्रोसफ्ट अफिस, माईक्रोसफ्ट कम्पनीले निर्माण गरेको सफ्टवयर हो ।

प्रतियोगितामा सहभागीको परीक्षा पनि माईक्रोसफ्टलेनै लिने र उतिर्ण विद्यार्थीहरुलाई सर्टिफाई गराउने कार्य पनि माईक्रोसफ्टले गर्ने लामिछानेले बताए ।

प्रतियोगिता जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तहको हुनेछ भने छ ओटा बिधामा प्रतिस्पर्धा हुने जनाइएको छ । प्रत्येक जिल्लाबाट विधागत छ जना बिजेताले नेशनल च्याम्पियनसीपमा प्रतिनिधित्व गर्न पाउने छन् ।

जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका विजेताहरु नेशनल च्याम्पियनसीपका पुग्नेछन् । जसबाट प्रत्येक विधाका बिजेता ६ जना विद्यार्थी राष्ट्रिय विजेता हुनेछन् ।

राष्ट्रिय बिजेता नै वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जानेछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.