काठमाडौँ।
आज पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा माघ १४ गते देखि सुरु भएको धर्ना कार्यक्रम अन्तर्गत यस समुहले आज पनि धर्नामा बसेको हो । धर्ना कार्यक्रममा आज(आइतबार) अध्यक्षद्वय दाहाल–नेपाललगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

धर्नामा नेकपाका शीर्ष नेता सहित विघटित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेशसभा सदस्यहरु सहभागी भएका छन् ।
यसअघि माघ २१ गतेसम्म धर्ना कार्यक्रम जारी रहने बताइए पनि सोमबारदेखि वाग्मती प्रदेशसभाको बैठक सुरु हुने भएकाले आइतबार नै धर्ना कार्यक्रमको समापन गरिएको दाहाल–नेपाल पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
बुधबारबाट शुरु भएको धर्ना कार्यक्रम आज सकिएको छ ।
नेकपा प्रचण्ड(नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.