पोखरा,
ताण्डव न्यूज ।
स्याङ्जामा घाँस काट्न गएकी एक महिलाको लडेर मृत्यु भएको छ ।
स्याङ्जा हरीनास गाउँपालिका ५ बसन्तडाँडाकी ६४ वर्षीया सेती वि.कको घाँस काट्न जाने क्रममा लडि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

हिजो साँझ घाँस काट्न निस्किएकी उनी घर नफर्के पछि उनको खोजतलास गर्ने क्रममा आज बिहान घाँस काट्ने स्थानबाट अन्दाजी २० मिटर तल मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.