www.tandavnews.com
Fact ~ In search of truth

बहराइनका नेपालीलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध

काठमाडौँ ।

बहराइनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्नका लागि माक्स प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नलगायत स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गरेको छ ।

मनामास्थित राजदूतावासले आइतबार विज्ञप्ति जारी गरी बहराइन अधिराज्य सरकारले बहराइनी नागरिकसरह त्यहाँ कार्यरत नेपालीलगायत सबैको हितका लागि कोरोना भाइरसको खोप निःशुल्क उपलब्ध गराएकोमा धन्यवादसमेत व्यक्त गरेको छ । ‘बहराइन सरकारले खोप कार्यक्रममा सहभागी भइनसकेकालाई नाम दर्ता गराउन बारम्बार आग्रह गरेकातर्फ राजदूतावास यहाँ रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।

Batas

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्रा लिइसक्नुभएको र उहाँमा स्वास्थ्यसम्बन्धी कुनै जटिलता महसुस नभएकोसमेत दूतावासले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.