www.tandavnews.com
Fact ~ In search of truth

म्यानमारमा ‘सैन्य कू’, एक वर्षका लागि संकटकाल घोषणा

म्यानमारमा सेनाले सरकार संचालन व्यवस्था आफ्नो हातमा लिएको छ ।

सेना समर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै एक वर्षका लागि संकटकाल घोषणा गरेको पनि जनाइएको छ । आजै बिहान मात्र प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको थियो ।

गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन । सेनाको अस्विकृतिपछि त्यहाँ सरकार गठन हुन सकिरहेको थिएन ।

Batas

सुकीको पार्टीले आजै सरकार गठन गर्ने कार्यतालिका बनाएको थियो । गत आम निर्वाचनमा नेतृ सुकीको दलले संसदमा ८३ प्रतिशत मत ल्याएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.