www.tandavnews.com
Fact ~ In search of truth

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्न केहिबेरमा बैठक बस्दै

पोखरा,
ताण्डव न्यूज ।

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज अहिले केहीबेरमा बोर्ड बैठक बस्दैछ । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले केही समस्या नदेखिए आज नतिजा सार्वजनिक गरिने बताए ।

उनले हिजो नतिजाको प्रक्रिया हेरेको र सबै ठिक रहेकाले थप कुनै समस्या नदेखिए नतिजा आजै सार्वजनिक गरिने जानकारी दिए । बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्याङ्न कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्न गरिएको छ ।

Batas

परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए । बोर्डले गत पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, परीक्षा भद्रगोल भएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । होम सेन्टरमा परीक्षा चलेको र उत्तरपुस्तिकासमेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएका थिए ।

ती व्यवस्थित नहुँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक हुन सकेको थिएन । देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णाङ्क र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम गरिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.