www.tandavnews.com
Fact ~ In search of truth

आज बस्ने प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठकको एजेण्डा के ?

काठमाडौँ,
ताण्डव न्यूज ।

नेकपा प्रचण्ड–नेपाल समूहले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

संसद् पुर्नस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा समसायिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

Batas

यसअघि प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७ गतेदेखि ९ गतेसम्म बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो । स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो ।

बुटवल, विराटनगर र धनगढीमा प्रदेश स्तरीय विरोधसभा गरिसकेको प्रचण्ड–नेपाल समूहले माघ २८ मा काठमाडौंमा प्रदर्शनको तयारी गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.