www.tandavnews.com
Fact ~ In search of truth

स्पोर्टस् क्यासललाई ‘मिजास एमेचुअर’ फुटसलको उपाधि, प्रशन्न बने सर्वोकृष्ट खेलाडी

पोखरा,
ताण्डव न्यूज ।

आयुष–अनुदीपको आयोजनामा पोखरामा सम्पन्न ‘प्रथम एमेचुअर मिजास फुटसल’ प्रतियोगिताको उपाधि टिम स्पोर्टस् क्यासलले जितेको छ ।

पोखरा महानगरपालिका ४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेलमा सिमपानी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै होम ग्राउण्डमा क्यासलले उपाधि जितेको हो । क्यासलको जीतमा प्रशन्न श्रेष्ठ र रोशन लिम्बुले समान १/१ गोलको योगदान दिए ।

Batas

उपाधिसँगै टिम क्यासलले शिल्ड, मेडल सहित नगद २० हजार प्राप्त गर्याे । भने उपबिजेता टिम सिमपानी एफसीले शिल्ड, मेडल सहित नगद १० हजारमा चित्त बुझायो ।

कुल ३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट क्यासलका प्रशन्न श्रेष्ठ सर्बाेत्कृष्ट खेलाडीका रुपमा ट्रफीबाट पुरस्कृत बने भने उपविजेता टिमका गोलरक्षक विपिन भण्डारी उत्कृष्ट गोलरक्षकको पुरस्कारको हकदार बने ।

यसअघि फाईनल खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा भने स्पोर्टस् क्यासले दवाब सिर्जना गरेको थियो । दोस्रो हाफमा राम्रा मुभहरु बनाईरहेको क्यासलले सुशान्त गाहा मगरको एयर पासलाई सदुपयोग गर्दै पहिलो गोल प्रशन्न श्रेष्ठले गरे । उक्त गोल पश्चात सिमपानीलाई थप दवाब सिर्जना भयो । उक्त गोल पश्चात रोशन लिम्बुले सिमपानीका डिफेन्डरलाई बिट गर्दे निर्णायक दोस्रो गोल गर्दै क्यासललाई उपाधि दिलाएका थिए ।

आगामी माघ २४ गते सोही स्थानमा स्पोर्टस् क्यासल प्रालिले उदीयमान खेलाडीलाई लक्षित गरि ‘प्रथम एमेचुअर क्यासल कप फाईभ ए साईड फुटसल प्रतियोगिता २०७७’ आयोजना गर्दैछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.