www.tandavnews.com
Fact ~ In search of truth

नेपाली सेना : आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट बख्तरबन्द गाडीको अभ्यास हुने

काठमाडौँ ।

नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन् । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो ।

मुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुुले सेनाले त्यसबारे सूूचना जारी गरेको छ ।

Batas

सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि यसखाले नियमित अभ्यास गर्दै आएको छ । विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गथ्र्याे । सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।

(रासस)

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.