www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस नेता महरद्वारा म्यानमा घटनाको निन्दा

काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले म्यानमामा प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिइएको घटना निन्दनीय भएको बताएका छन ।

स्कुल अफ डेमोक्रेसीद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता महरले, ‘लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि नेपाली कांग्रेसलगायत जनतासमेत संघर्षरत रहेकै बेला नेतृ सूचीसँगै थुप्रै राजनीतिक नेताहरु गिरफ्तार गरिएको घटना निन्दनीय र खेदजनक रहेको बताए ।

Batas

विश्वको प्रजातान्त्रिक प्रणालीलाई अतिवादको बाछिटामार्फत तहसनहस पार्न भइरहेका सबैखाले घटना र परिघटनाको विरोधमा भएकासमेत नेता महरले उल्लेख गरे । उनले लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि हाम्रो संघर्ष अविचलित र थकितरहित रहने बताए ।

सोमबार बिहान निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो संसद् बैठकअघि म्यानमाको सेनाले सू चीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ भने एक वर्षका लागि सत्ता कब्जाको घोषणा गरेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.