www.tandavnews.com
Fact ~ In search of truth

अफगानिस्तानमा एम्बुस आक्रमणमा परी छ आतंककारी मारिए

अफगानिस्तान ।

अफगानिस्तानको लाहोर प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी छ आतंककारी मारिनुको साथै अन्य चार घाइते भएका सेनाका प्रवक्ता इमाल मोहमदले सोमबार जानकारी दिएका छन ।

लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा पर्ने बेदाक क्षेत्रको उक्त एम्बुस आक्रमण भएको बताइएको छ ।

Batas

बेदाक क्षेत्रमा रहेको प्रहरी चौकीमा आतंककारीले आक्रमण गर्ने योजना गरिरहेको अवस्थामा एम्बुस आक्रमण भएको जनाइएको छ । यस एम्बुस आक्रमणमा परी सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ । यस आक्रमणको तालिबान लडाकू समूहले भने कुनै टिप्पणी नगरेको समाचारमा जनाइएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.