www.tandavnews.com
Fact ~ In search of truth

फागुन पहिलो साता ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड कप’

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आगामी फागुन पहिलो साता ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ को आयोजना हुने भएको छ ।

पोखरा महानगरपालिका १ बगरमा क्रियाशिल नयँंगल्ली युवा क्लबले आगामी फागुन ४ देखी ८ गते सम्म भेट्रान्स (३५ वर्ष माथी) फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

Batas

प्रतियोगिताका संयोजक हिटलर घलेले बगर स्थित पुरानो टुडिखेलमा ३५ वर्ष माथीका खेलाडीहरु बिच उक्त प्रतियोगिता सञ्चालन गरिने बताए । उनका अनुसार उक्त प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ ।

संयोजक घलेले विधागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए ।

उनका अनुसार प्रतियोगिताको सर्वाेत्कृट खेलाडी (दाम्पत्य) लाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको छ ।

उनले उक्त प्रतियोगितामा टिम दर्ता शुल्क ५ हजार निर्धारण गरिएको बताउदै ९८०६६०७२७८ र ९८०६६८३३१२ मा सम्पर्क गर्न सकिने जानकारी दिए । बगरमा सञ्चालित ईन्द्रेणी एकेडेमी सञ्चालनार्थ उक्त प्रतियोगिता आयोजना गर्दै आएको संयोजक घलेले बताए ।

स्व. देश्ना चन्दको स्मृतिमा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि पिता विवेक चन्द र माता ग्रीष्मा चन्दले १ लाख ५० हजार आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.