www.tandavnews.com
Fact ~ In search of truth

भूमी सम्बन्धी समस्या समाधान आयोग कास्कीको अध्यक्षमा ‘दामोदर बैरागी’ नियुक्त

पोखरा
ताण्डव न्यूज ।

भूूमी सम्बन्धी समस्या समाधान आयोग कास्कीमा दामोदर बैरागी नियुक्त भएका छन् । नेकपा केन्द्रिय सदस्य समेत रहेका बैरागी आयोगको अध्यक्षमा नियुक्त भएका हुन् ।

यस्तै, आयोग कास्कीको विज्ञ सदस्यमा सुशिला पौडेल पराजुली र सदस्यमा दानबहादुर बानिया नियुक्त भएका छन् । नवनियुक्त पदाधिकारीलाई माघ २४ गते सपथग्रहण गराइने जनाइएको छ ।

Batas

यस आयोगका अध्यक्ष देवी ज्ञवाली हुन् । सरकारले ७७ वटै जिल्लामा अध्यक्ष र २ सदस्य नियुक्त गरेको हो । नवनियुक्त पदाधीकारीहरुको नियुक्तीको सूचना सोमबार साँझ नै राजपत्रमा प्रकाशित गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.