www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका मोहनमणि अधिकारी बने नेपाल प्रहरीका कान्छा डिएसपी

तनहुँ ।

तनहुँ थर्पूका मोहनमणि अधिकारी नेपाल प्रहरीका कान्छा डिएसपी बनेका छन् । नेपाल प्रहरीको बढुवा समितिले डिएसपीमा बढुवा गरेको लिस्टमा परेपछि अधिकारी प्रहरीका कान्छा डिएसपी बनेका हुन् ।

नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत अधिकारी बढुवा भएका ४६ प्रहरी अधिकृतमध्ये नवौं नम्बरमा परेका छन् ।

Batas

समितिले कार्यसम्पादन र वरिष्ठताका आधारमा बढुवा अंक दिने गर्छ । यसै आधारमा उनी बढुवा सूचीको अग्रस्थानमा छन् । २०६७ सालमा ईन्स्पेक्टरबाट सेवा प्रवेश गरेका युवा अधिकृत अधिकारी अहिले बढुवा भएका मध्ये सबैभन्दा कान्छा हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.