www.tandavnews.com
Fact ~ In search of truth

अब कोरोना विरुद्धको खोप ७ खालका दीर्घरोगीलाई

हालसम्म नेपालमा १ लाख १३ हजार १ सय ७५ जनाले लगाए खोप

काठमाडौँ ।

सरकारले अब कोरोना विरुद्धको खोप दीर्घरोगीलाई प्राथमिकतामा राखी लगाउने भएको छ । कोरोनाबाट मृत्यु हुनेमा २५ प्रतिशतभन्दा धेरै दीर्घरोगी पाइएकाले अब दीर्घरोगीलाई प्राथमिकतामा राखी खोप लगाउने भएको हो ।

सरकारले हाल सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ ।मन्त्रालयका अनुसार श्वासप्रश्वासका दीर्घरोगीमा सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज) र कडा प्रकारको दम भएकाहरू, असाध्य मिर्गौला रोगी, मुटुको धमनीमा समस्या भएका तथा मुटुले पूर्ण रूपमा काम नगर्ने र जटिल प्रकारका मधुमेहका बिरामीका साथै अंग प्रत्यारोपण गराएकाहरू, क्यान्सर रोगी तथा सिकल सेल एनिमिया रोगले ग्रसितहरूलाई खोप दिने योजना बनाएको छ ।

Batas

‘दीर्घरोगी सबैभन्दा जोखिममा छन् ।दीर्घरोगीमध्ये पनि मिर्गौला, फोक्सो, मुटुका विभिन्न समस्या भएका तथा क्यान्सरबाट थलिएकालाई कोरोनाले बढी सकस दिएको पाइएको छ ।

मन्त्रालयको अनुसार रक्त क्यान्सरसहित कोरोनाको निमोनिया भएका कसैलाई बचाउन सकिएको छैन।कोरोनाले मृत्यु हुनेमा पनि ७५ वर्षभन्दा माथिका २५ प्रतिशतभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले खोप लगाउने दोस्रो प्राथमिकतामा ५५ वर्षदेखि ७४ वर्षसम्मका नागरिक, ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोगी, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीहरूमध्ये दीर्घरोग भएका व्यक्तिहरूलाई राखेको छ ।

‘मन्त्रालयले यसअघि बनाएको योजनाअनुसार दोस्रो प्राथमिकतामा पर्ने समूह कुल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार, २ सय ६९ जना रहेको अनुमानित तथ्यांक छ । उनीहरूका लागि मात्रै १ करोड ४ लाख ४३ हजार १ सय ८५ डोज खोप आवश्यक पर्छ । तर नेपालले कहाँबाट कति खोप खरिद गरेर ल्याउँछ भन्ने टुंगो भने भइसकेको छैन ।

यसैबीच नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजोसम्म नेपालभर कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ लाख १३ हजार १ सय ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा जारी छैटौं दिनको खोप अभियान अन्तर्गत हिजो प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकी प्रदेशमा १३ हजार ९ सय २२, लुम्बनी प्रदेशमा १४ हजार ६ सय ४०, कर्णाली प्रदेशमा ६ हजार १ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । खोप अभियान आजपनि जारी रहनेछ ।

सहयोगस्वरूप आइपुगेको खोप लगाउन गत बुधबारदेखि सुरु भएको हो । पहिलो चरणको खोप अभियान माघ २३ सम्म चल्नेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.