www.tandavnews.com
Fact ~ In search of truth

४२ जना पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालीम

पोखरा।

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरामा क्रियाकलाप ४२ जना पर्यटन व्यवसायीका लागि चिनियाँ  भाषा कक्षा तालीम हिजो (सोमबार)देखि सुरु गरेको छ ।

नेपाल आउने चिनीया पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ एक महिने आधारभूत चिनियाँ भाषा कक्षा तालीम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिए ।

Batas

तालीमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुर्नस्थापित गर्नु अहिलेका आवश्यकता भएको बताए ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै चिनीया भाषा कक्षा तालीम बहुउपयोगी बन्ने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल बनेको पर्यटनलाई पुनरोत्थान गर्न विभिन्न प्रर्वद्धनात्मक कार्यक्रम गरिएको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.