www.tandavnews.com
Fact ~ In search of truth

बेंसीशहर–चामे सकड आजदेखि तीन दिनका लागि बन्द

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेंसीशहर–चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ।लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि आज बिहान १० बजेदेखि बिहीबार राति १० बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । उक्त सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र सो स्थानमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।

Batas

डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी सुरज महर्जनका अनुसार उक्त स्यागेनिरको एक सय मिटर खण्डमा ढलान (पिसिसी) कार्य गरिने भएको छ।नेपाली सेनाले भिर खोपेर निर्माण सम्पन्न गर्दै उक्त सडक २०६९ मा सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.