www.tandavnews.com
Fact ~ In search of truth

भारतले नेपाललाई दिने अनुदान १३ प्रतिशतले बढ्यो

पोखरा,
ताण्डव न्यूज ।

भारतले सन् २०२१/०२२ मा नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

सोमबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको बजेटमा नेपाललाई ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ १५ अर्ब ८७ करोड)आर्थिक वर्षका लागि अनुदान उपलब्ध गराउने उल्लेख छ । भारतले अघिल्लो वर्षको तुलनामा नेपाललाई दिने अनुदान १३ प्रतिशतले वृद्धि गरेको छ ।

Batas

अघिल्लो वर्ष नेपालका लागि ८ अर्ब १० करोड भारू विनियोजन गरेको थियो । चालू वर्षका लागि भारतले सार्क राष्ट्रमा दिने अनुदान बढाएसँगै नेपाललाई दिने अनुदानमा पनि १३ प्रतिशतले गरेको छ । भारतबाट सार्क राष्ट्रमध्ये भुटानले सबैभन्दा बढी अनुदान पाउने भएको छ ।

भुटानलाई भारतले ३० अर्ब ४ करोड भारू अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ । त्यस्तै, अफगानिस्तानले ३ अर्ब ५० करोड, बंगलादेशले २ अर्ब, श्रीलंकाले २ अर्ब, माल्दिभ्सले २ अर्ब ५० करोड र म्यान्मारले ४ अर्ब रुपैयाँभारू अनुदान पाउने उल्लेख छ । सोमबार सार्वजनिक गरिएको बजेट अप्रिलमहिनादेखि कार्यान्वयनमा आउने बताइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.