एजेन्सी,
ताण्डव न्यूज ।
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारमा सैनिक कू भएपछि सेना विरुद्ध कडा कदमचाल्ने चेतावनी दिएका छन् ।
म्यान्मारका नेताआङ सान सुचीसहित सबै प्रजातान्त्रिक नेताहरूलाई सेनाले हिरासतमा लिएर सत्ता आफ्नो हातमा लिएपछि अमेरिकी राष्ट्रपति बाइडेनले सेना विरुद्धको कदम चालिने धम्की दिएका हुन् ।

बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भन्दै त्यसो नभए अमेरिकाले उचित कदम चाल्ने चेतावनी समेत दिएका छन् । यस्तै अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिचमक्कोनेलले नेतृ सुकीको गिरफ्तारीलाई ‘भयभीत पार्ने’ भनी व्याख्या गरेका छन् ।
यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आज म्यानमारमा भएको कू बारे छलफल गर्न आपत्कालीन बैठक गर्ने तयारी गरेको छ । युरोपेली संघ, जापान र भारतले म्यान्मारमाप्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.