www.tandavnews.com
Fact ~ In search of truth

८० वटा पालिकामा खेलग्रामका लागि बजेट दिने सरकारको निर्णय

काठमाडौं,
ताण्डव न्यूज ।

युवा तथा खेलकुद मन्त्रालयले ८० वटा नयाँ पालिकामा खेलग्रामका लागि बजेट दिने निर्णय गरेको छ ।

मन्त्रालयको बैठकले प्राप्त प्रस्तावमाथि अध्ययन गरेर ८० वटा नयाँ पालिकामा बजेट रकम पठाउने निर्णय गरेको हो ।मन्त्रालयले माघ ५ गतेसम्म खेलग्राम प्रस्तावका लागि सूचना जारी गरेको थियो ।बैठकले ८० वटा नयाँ पालिकामा बजेट निकासा गर्दै गतवर्ष बजेट वितरण गरिएका ६० वटा पालिकालाई थप रकमउपलब्ध गराउने निर्णय गरेको हो ।

Batas

सरकारले चालू आर्थिक वर्षकालागि खेलग्राम निर्माणका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । गतआर्थिक वर्ष मन्त्रालयले ८४ वटा स्थानीय पालिकालाई खेलग्रामका लागि बजेट निकासा गरेको थियो । मन्त्रालयले प्राप्त प्रस्ताव माथि अध्ययन गरेर ८० वटा नयाँपालिका छनोट गरिएको बताएको छ ।चालु आर्थिक वर्षमा वित्तिय हस्तान्तरण मार्फत सम्बन्धीत पालिकामा सिधै रकम जाने व्यवस्था गरिएको छ ।

हरेक स्थानीय तहमा एक खेलग्राम बनाउने सरकारी घोषणा अनुसार मन्त्रालयले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ ।स्थानीयतह र संघीय सरकारको संयुक्त लगानीमा बन्ने खेलग्राममा स्थानीयतहले ३० प्रतिशत रकम सुनिश्चित गरेमा संघीय सरकारले ७० प्रतिशत रकम उपलब्ध गराउने उल्लेख छ । स्थानीय तहले पेश गरेको खेल ग्रामको विस्तृत परियोजना रिपोर्टको प्रस्तावको अध्ययन गरेर मन्त्रालयले बजेट निकासा गर्ने गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.