www.tandavnews.com
Fact ~ In search of truth

एभरेष्ट बैंकको नयाँ शाखा धादिङको धार्केमा, १०१ पुग्यो एभरेष्टको शाखा

पोखरा ।

एभरेष्ट बैंकले १०१ औँ शाखा विस्तार गरेको छ ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै एभरेष्टले धादिङको धार्केमा नयाँ शाखा खोलेको हो । देशभर १०० स्थानीय शाखाबाट सेवा दिदैँ आएको एभरेष्ट बैंकको नयाँ शाखासँगै १०१ औँ शाखा पुगेको छ ।

Batas

धादिङको धुनिबेसि नगरपालिका धार्के शाखाको मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन समारोहमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेसि नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङ लगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु रस्थानीयको समेत उपस्थिति रहेको थियो ।

हाइवेसंगै रहेको यस शाखामा ATM सेवा २४ घन्टा खुल्ला रहनेछ जसबाट ग्राहाकहरुलाई अझै सुविधा पुग्ने बैंकको विश्वास रहेको छ । धार्के तथा आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो बैंकको नेपालभर ११ लाख बढि ग्राहक रहेका छन् ।एभरेष्टले ३१ राजस्व संकलन काउन्टर, १३१ एटिएमसहित सेवा प्रदान गदै आईरहेको छ ।

एभरेष्ट बैंकले फराकिलो आन्तरीक तथा विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र उत्कृष्ट बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सबै वर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैकिङ्ग सुविधा पु¥याउने प्रयास स्वरुप यस बैंकले देशका विभिन्न क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.