www.tandavnews.com
Fact ~ In search of truth

‘एमेचुअर क्यासल कप पोस्टपोन्ड’: फागुन १ गते हुने

अर्जुन गाहा (सुशान्त),

पोखरा/ ताण्डव न्यूज ।

पोखरा महानगरपालिका ४ गणेशटोल स्थित सञ्चालनमा रहेको स्पोर्टस् क्यासल प्रा.लिले आगामी २४ गते आयोजना गर्ने भनिएको पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप २०७७’ पोस्टपोन्ड भएको छ ।

Batas

क्यासल प्रालिका सञ्चालक तथा प्रतियोगिता संयोजक ईश्वर गुरुङले तयारीसँगै विविध कारणबस प्रतियोगिता एक हप्ता पछि पोस्टपोन्ड गरिएको ताण्डव न्यूजलाई जानकारी दिए ।

उनले आगामी फागुन १ गते सो प्रतियोगिता सञ्चालन गरिने बताए । ‘अहिले तयारीमै छौँ र हाम्रो आन्तिरिक कारणले गर्दा एक हप्ता पछि सार्न परेको हो, संयोजक गुरुङले भने, ‘सम्बन्धित टिम तथा खेलाडीहरुलाई फागुन १ गतेका लागि तयारी गर्न आग्रह गर्दछु ।’

उनका अनुसार उक्त प्रतियोगिता उदीयमान खेलाडीहरुलाई लक्षित गरी गणेशटोल स्थित स्पोर्टस् क्यासलकै मैदानमा ‘फाईभ ए साईड फुटसल’ खेलाईने बताए ।

संयोजक गुरुङले उदीयमान खेलाडीहरुलाई स्थान दिने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिने बताउदै व्यावसायिक रुपमा फुटबल खेल्दै आएका खेलाडीहरु सो प्रतियोगितामा सहभागी हुन नपाउने बताए ।

उनका अनुसार उक्त प्रतियोगिताको बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार प्रदान गरिनेछ । त्यस्तै उपविजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार प्राप्त गर्नेछ । भने अन्तिम चारमा प्रवेश गर्ने दुई टिमका १६ जना खेलाडीलाई जि.एच हेयर एण्ड ट्याटु न्यूरोडद्वारा निशुल्क कपाल काट्ने व्यवस्था गरिएको छ ।

संयोजक गुरुङले सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडी बन्न सफल खेलाडीलाई केल्मीको आधिकारिक बिक्रेता डिलाईट स्पोर्टस्बाट केल्मी फुटसल जुत्ता प्रदान गर्ने समेत बताए ।

करिब ३० टिम बढि अपेक्षित सो प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ । टिम दर्ता गर्नका लागि स्पोर्टस् क्यासलको कार्यालय तथा सम्पर्क नम्बर ०६१५२८०८२, ९८५६०२२५८४, ९८०६६८६१८७, ९८१६६८५४५४ मा सम्पर्क गर्न सकिनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.