www.tandavnews.com
Fact ~ In search of truth

भारतमा दैनिक संक्रमितको संख्या छ महिनापछिकै न्युन

नयाँ दिल्ली ।

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित भएकाहरुको संख्या अन्त्यन्त न्युन भएको छ ।

सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम संक्रमित भएका छन् ।उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

Batas

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ संक्रमितहरुको संख्या सन्तोषजनक तरिकाले न्युन हुँदै गएको जनाएको छ ।यसअघि गत बर्षको सेप्टेम्बर १० मा एकैदिन सबैभन्दा धेरै ९५ हजार ७३५ जना कोरोनाभाइरसबाट संक्रमित भेटिएका थिए ।

भारतमा अहिलेसम्म एक करोड सात लाख ६७ हजार २०६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने एक लाख ५४ हजार ५२२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी एक लाख ६४ हजार २७८ जना अहिले पनि संक्रमित अवस्थामै रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी धेरै संक्रमित भएका देशहरुको सूचीमा भारत दोस्रो क्रममा रहेको छ । भारतमा भन्दा धेरै अमेरिकामा संक्रमित रहेका छन् । अमेरिकामा अहिलेसम्म दुई करोड ६९ लाख ११ हजार ३७५ जना संक्रमित भएका छन् ।

त्यस बाहेक तेस्रो धेरै ब्राजिलमा, चौथो धेरै रुसमा र पाचौँ धेरै बेलायतमा संक्रमित रहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनका अनुसार अमेरिकामा चार लाख ५४ हजार, ब्राजिलमा दुई लाख २५ हजार, मेक्सिकोमा एक लाख ५९ हजार, भारतमा एक लाख ५४ हजार, बेलायतमा एक लाख ६ हजारको कोरोना संक्रमणबाट मानिसको मृत्यु भइसकेको छ ।

पछिल्लो विवरण अनुसार विश्वभर १० करोड ३९ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र त्यसमध्ये २२ लाख ४८ हजार व्यक्तिको ज्यान गइसकेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.