www.tandavnews.com
Fact ~ In search of truth

घरको छतबाट खसी घाईते भएका र्पस्याङका भुपाल रेग्मीको उपचारको क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा छतबाट खसी एक व्यक्तिको मृत्यु भएको छ ।

माघ १८ गते अन्दाजी दिउँसो साढे १२ बजे आफ्नै घरको छतबाट खस्दा घाईते भएका पोखरा ५ र्पस्याङका ५५ वर्षीय भुपाल रेग्मीको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

तीन तला माथिबाट अचानक तल भुईमा खसेका रेग्मीलाई उपचारको लागी तुरुन्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा उनलाई फेवासिटी अस्पताल रिफर गरी उपचार भईरहेको थियो । उपचारको क्रममा आज अन्दाजी ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.