www.tandavnews.com
Fact ~ In search of truth

‘कोभिशिल्ड’ को प्रयोग करिब ९६ प्रतिशत पूरा,गण्डकीका कुन जिल्लामा कतिले लगाए ?

संजय रेग्मी,
पर्वत/ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना भाइरस विरुद्ध लगाइने खोप ‘कोभिशिल्ड’ को प्रयोग करिब ९६ प्रतिशत पूरा भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार पहिलो चरणमा १७ हजार १ सय ९५ जनालाई खोप दिन लक्ष्य राखिएको थियो । खोप लगाउन सुरु गरिएको सातौँ दिन मङ्गलवार साँझसम्मको तथ्यांक अनुसार हालसम्म लक्षितमध्ये ९५.८३ प्रतिशत अर्थात् १६ हजार ४ सय ७८ जनालाई खोप लगाइएको छ ।

Batas

निर्देशनालयका अनुसार मङ्गलवार साँझसम्म कास्कीमा ६ हजार ९ सय ३६, गोरखामा १ हजार ५०, तनहुँमा १ हजार २ सय ८५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ सय ४७, पर्वतमा १ हजार १ सय ३२, बागलुङमा १ हजार ३ सय ८४, मनाङमा १ सय ६१, मुस्ताङमा १ सय ९६, म्याग्दीमा ७ सय ९, लमजुङमा १ हजार ३ सय ६६ र स्याङ्जामा १ हजार ४ सय ८५ जनालाई कोभिशिल्ड खोप लगाइएको छ ।

सोमबार साँझसम्म खोप लगाएकाहरूको सङ्ख्या १४ हजार ३ सय ३३ रहेकोमा मङ्गलवार थप २ हजार १ सय ४५ जनाले खोप लगाएका छन् । खोप लगाउने अभियान सुरु भएको सातौँ दिनसम्ममा खोप लगाइसकेपछि कुनै पनि जटील र अवाञ्छित घटना नभएको पनि निर्देशनालयले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.