काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ ।
लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ । लामाको केही दिनमै फिजियोथेरापी गरिने छ ।

घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ । मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । उनी प्रशिक्षणका क्रममा घाइते भएका थियो । एन्फाले कतार फुटबल संघसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । लामा थ्री स्टार क्लबका कप्तान समेत हुन् । रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.