www.tandavnews.com
Fact ~ In search of truth

आन्तरिक पर्यटक प्रर्वद्धनका लागि देश दौडाहामा बस व्यवसायी

काठमाडौँ ।

कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को नेतृत्वमा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेका हुन् ।

कोरोना संक्रमणसँगै नेपाल पर्यटन वोर्डको सहकार्यमा लुम्बिनी र बर्दियामा हुन लागेको ‘हेल्थ प्रोटोकल कम्युनिकेशन तालिम’मा भाग लिनका साथै देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस सञ्चालनका लागि आजदेखि देश दौडाहामा लागिएको टिवानका अध्यक्ष ईश्वर शर्माले राससलाई जानकारी दिए ।

Batas

‘लुम्बिनी र बर्दिया भ्रमण गर्न लागेको उक्त टोलीले काठमाडौँबाट लुम्बिनी र बर्दियामा सीधा पर्यटकीय बस सञ्चालनका लागि त्यहाँका पर्यटक व्यवसायीसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ’, अध्यक्ष शर्माले भने ।

टिवानले नेतृत्व गरेको २० जनाको उक्त समूहमा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईँ, नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज् (नारा) का महासचिव शिशिर खनाल लगायतको सहभागिता रहेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.