पोखरा,
ताण्डव न्यूज ।
आजबाट अनलाइन प्रणालीबाटै ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको हो। यो अनलाइन सेवाको आजै औपचारिक उद्घाटन हुँदै छ ।
टीभीआरएस (ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम) मार्फत आजदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने महाशाखाले जनाएको छ । सवारी चालकलाई सहज होस् भन्ने उद्देश्यले अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महाशाखाले जनाएको छ ।
यसअघि जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता थियो । जसको कारण चालकले धेरै समय र झन्झट भोग्नु पर्थ्यो ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.