www.tandavnews.com
Fact ~ In search of truth

प्रेमी थीर कोइरालासँग बिहे गर्दै गायिका अञ्जु पन्तः बिहेको मिति तय हुन बाँकी

पोखरा,
ताण्डव न्यूज ।

चर्चित गायिका अञ्जु पन्तले नयाँ अध्याय सुरु गर्न लागेकी छिन् ।

अन्जुले प्रेमी थीर कोइरालासँग विवाह गरि नयाँ अध्याय सुरु गर्न लागेको विभिन्न सञ्चारमाध्यम मार्फत पुष्टि गरेकी छिन् । गायिका पन्तले दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको र अब मिति मात्र तय हुन बाँकी रहेको बताएकी छिन् ।

Batas

उनले आफ्नो बिहेपछि नयाँ अध्याय सुरु हुने समेत बताइन्। उनले दुवै तर्फका परिवारमा बिहे गर्ने सहमति भएको बताउँदै छिट्टै दुवै जनाको अनुकुल समय मिलाएर मिति तोक्ने तयारी गरेको जनाएकी छिन् ।

गायिका पन्तको गायक तथा संगीतकार मनोजराजसँग एक दशक अगाडि डिभोर्स भएको थियो । थीरसँग भने उनको आजभन्दा ६ वर्षअघि नेपाल टेलिभिजनको एउटा कार्यक्रममा पहिलो भेट भएको थियो।

त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। लामो समयको प्रेम सम्बन्धपछि उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.