www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्ड- नेपाल समुहद्धारा भोली आम हड्तालको घोषणा

अस्पताल, प्रेस, एम्बुलेन्स, पानी, दूध र परीक्षाबाहेक सबै बन्द

पोखरा,
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहले भोली बिहीबार आम हड्तालको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज (बुधबार) दिउँसो पत्रकार सम्मेलन गरि यो समुहले हड्ताल घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड– नेपाल समूहकी नेतृ पम्फा भुसालले बाध्यतात्मक परिस्थिति आएकाले हड्ताल घोषणा गर्नुपरेको बताईन् । उनले भनिन्,‘ बाध्यात्मक परिस्थ्ति सिर्जना हुनाले अचानक हड्तालसहित संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नु परेको हो ।’

Batas

भुसालले भनिन्,‘संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्य गर्न जरूरी छ। हामी संवैधानिक आयोगको सपथ खारेजीको माग गर्छौं। भोलि देशव्यापी आमहड्तालको आह्वान गरेका छौं।’

उनका अनुसार भोलि अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने छ। यस्तै आज साँझ यस समुहले देशव्यापी मसाल जुलुस निकाल्ने जनाएको छ । उनले पार्टीले अब प्रतिगमनविरूद्ध जुनसुकै कदम चाल्ने पनि उल्लेख गरिन्।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.